नवलपरासी, १६ साउन (ओएनएस) : नवलपरासी अपहरणको आरोपमा पक्राउ परेका ५ भारतीय सहित १० जनालाई नवलपरासी जिल्ला अदालतले शुबmवार पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।
जिल्ला अदालतका श्रेस्तेदार कृष्ण प्रसाद नेपालका अनुसार गत असार २५ गते शरिर वन्धक मुद्दामा पक्राउ परेका उनिहरुलाई जिल्ला न्यायधिश गिरिराज गौतमको इजलाशले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।
थुनामा पर्ने ५ जना नेपालीमा सवै नवलपरासीका छन् । जसमा भुजहवा गाबिस ७ का मदन जैसवाल , पक्लिहवा ९ का राम औतार बनिया बैदोली गाबिस ७ का रामानन्द गुप्ता, त्रिबेणी सुस्ता गाबिस ६ का तिमोल शाह रौनीयार र रम्पुरवा गाविसका मोतीलाल मौर्य रहेका छन् ।
त्यस्तै थुनामा पर्ने भारतिय नागरिकमा भारत महारागंज गुडौराका बिरेन्द्र गुप्ता, महारागंज बदौलीया घर भएका गाडि चालक बल्ली यादब मोतीहारी गोरी गाँउका सुबोध कुमार र ठुटीबारीका अस्लम अलि रहेका छन् ।
सुपारी तस्करी कारोबारमा कुरा नमिलेपछि उनिहरुले आफ्नै साथि नवलपरासी त्रिवेणीसुस्ता गाविसका कालु भनिने बेद प्रकास पाण्डेलाई वन्धक वनाएको प्रहरीले जनाएको छ ।
भारतीय नम्बर प्लेटको बलेरो जिपमा वन्धक वनाएर नारायणगढबाट कावासोती हुदै भारत लैजाने क्रममा दाउन्नेबाट पाण्डे भाग्न सफल भएर प्रहरीलाई जानकारी दिएपछि उनिहरु प्क्राउ परेका थिए । अपहरण गर्नु एकदिन अघि प्रहरीले नवलपरासीको कावासोतीबाट १५ लाख बराबरको एक ट्रक सुपारी पक्राउ गरेको थियो ।