नांगै पारेर श्रीमतीलाई घर निकाला !

267
  •  
  •  
  •  

 

धादिङ १३ साउन (ओएनएस):  जिल्ला सदरमुकामस्थित नीलकण्ठ नगरपालिका– ३ की एक महिलालाई गएराति उनका श्रीमानले कुटपिट गरी नांगै पारेर घर निकाला गरेका छन् ।
जिल्लाको बसेरी गाविसका पूर्वअध्यक्ष डम्मर ढकालले आफ्नी श्रीमती ४५ वर्षीया राधा ढकाललाई सदरमुकामस्थित घरमा बसिरहेको बेला कुटपिट गरी नांगै पारेर घर निकाला गरेको प्रहरीले जनाएको छ ।

घरमा बसिरहेको बेला श्रीमानले कुटपिट गरी घरबाछ निकालकेको पीडित महिलाले बताईन् । ‘पहिला कुटे, त्यसपछि लगाइराखेको लुगा च्याते, उनले भनिन,‘ घाँटीमा लगाएको तिलहरी र गहना पनि लुछेपछि । घरबाट निकाले ।’

राति नागै घरबाट निकालेपछि महिला मानवअधिकार रक्षकहरुको जिल्ला सञ्जालको शरणमा पुगेकी पीडितकोे उजुरीको आधारमा अभियुक्त ढकाललाई प्रहरीले राति नै गिरफ्तार गरी हिरासतमा लिएको प्रहरीले जनाएको छ ।

 


  •  
  •  
  •