जर्मन महिलालाइ दुव्यबहार गर्ने अमेरिकी नागरिक पक्राउ

138
  •  
  •  
  •  

काठमाडौँ, २४ असार (ओएनएस) । जवरजस्ती अनुचित कार्य गरेको अभियोगमा काठमाडौँ महानगरपालिका–६ बौद्धस्थित ग्रिन होटलको कोठा नम्वर ३०१ मा बस्दै आएका राहदानी नम्वर ४२२०९१९४३ बाहक अमेरिकी नागरिक न्यूयोर्क बस्ने ५६ बर्षीय जोहन भिन्टेन्ट बेलेज्जालाई प्रहरीले पक्राउ गरेको छ ।

पीडित  महिलाले असार २१ गते साझ एक ४७ बर्षीया जर्मनी नागरिकलाई जवरजस्ती अनुचित कार्य गरेको भनी पीडित महिलाले असार २३ गते महानगरीय प्रहरी बृत्त बौद्धमा जाहेरी दिएकी थिइन् । यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।


  •  
  •  
  •