करणीको आरोपमा शिक्षक पक्राउ

434
  •  
  •  
  •  

विराटनगर, २० (ओएनएस) विराटनगरमा रहेको गोग्राहा उच्च माविका एक शिक्षकले आफैंले पढाउँदै आएको विद्यालयमा अध्ययनरत छात्रा विद्यार्थीलाई प्रलोभनमा पारेर जर्वरजस्ती करणी गरेको आरोपमा मोरङ प्रहरीले पक्राउ गरेको छ ।

मोरङ थलाहा घर भई हाल विराटनगर–५ मा कोठा भाडामा लिएर बस्दै आएका २८ वर्षिय दिपेन्द्र विश्वासलाई प्रहरीले बिहीबार साँझ पक्राउ गरेको हो । शिक्षक विश्वासले प्रलोभनमा पार्दै १४ वर्षिया छात्रालाई आफ्नै कोठामा बोलाउने गरेका थिए ।

पढाई दिन्छु भन्दै कोठामा बोलाएर विभिन्न सामाग्रीहरु खरिद गरिदिने गरेका शिक्षकले छात्रामाथि जर्वरजस्ती करणी गरेपछि पीडित छात्राले परिवारको सहयोगमा जिल्ला प्रहरीमा जाहेरी दिएकी विश्वासलाई प्रक्राउ गरेका प्रहरीले जनाएको छ ।

पीडितको जाहेरीका आधारमा प्रहरीले शिक्षकलाई पक्राउ गरी अनुसन्धान थालेको मोरङ प्रहरीका प्रहरी नायव उपरिक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए । छात्राको स्वास्थ्य परिक्षण गरिएको र थप उपचारका लागि अस्पतालमा राखिएको बताइएको छ ।

छात्राले आफनो चाहना नहुँदा नहुँदै जर्वरजस्ती करणी गरेको र घरमा भन्ने कुरा गरेपछि शिक्षक विश्वासले मार्ने धम्की दिएको प्रहरीसँगको बयानमा बताएकी प्रहरीले जानकारी दिएको छ । पक्राउ परेका शिक्षकलाई जर्वरजस्ती करणी आरोपमा प्रहरीले मुद्दा दर्ता गरेको छ ।

शिक्षकले जर्वरजस्तीकरणी गरेपछि कान्छी श्रीमती भन्दै कोठामा केहीबेर थुनेर राखेपछि छात्राले रोईकराई गरेर घर पुगेकी थिइन् ।

त्यसपछि परिवारका सदस्यको सहयोगमा प्रहरीमा पुगेकी उनले किटानी जाहेरी दिएकी हुन् ।

पछिल्लो समयमा छात्राहरु माथि आफ्नै शिक्षकहरुले यौनशोषण गर्ने र जबरजस्ती करणी गर्ने घटनामा बृद्धि भएको जिल्ला प्रहरी कार्यलय महिला सेल प्रमुख प्रहरी निरिक्षक जमुना बस्नेतले बताइन् ।


  •  
  •  
  •