भरुवा बन्दुक र खुकुरीसहित तीन जना पक्राउ

69
  •  
  •  
  •  

विराटनगर, २१ असोज : सिरहा जिल्लाको इटरीप्रषाही–१ स्थित कमला नदीको किनारबाट दुई नाल भरुवा बन्दुक र खुकुरीसहित तीनजनालाई प्रहरीले सोमबार राति पक्राउ गरेको छ ।

पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले दिएको जानकारीअनुसार इटरीप्रषाही–८ का कुसे मण्डल, बैगोनाथ मण्डल र धनुषा विसरझोडा घर भई हाल इटरीप्रषाही–१ बस्ने मझेबुल मिँयालाई भरुवा बन्दुकसहित राति ११ बजे पक्राउ गरिएको हो ।

इलाका प्रहरी कार्यालय मिर्चैयाको गस्ती टोलीले जाँचका क्रममा उनीहरुको साथबाट दुई नाल भरुवा बन्दुक र एक थान खुकुरीे फेला परेको जनाएको छ ।


  •  
  •  
  •