एपीएफ टोलीद्वारा कुखुराको चल्ला बरामद

55
  •  
  •  
  •  

 

नवलपरासी, २१ असोज (ओएनएस) :  अवैध रुपमा भारतबाट याइएको करिव दुई लाख ८० हजार रुपैयाँ बराबरको कुखुराको चल्ला नवलपरासी जिल्लाको मनहरी गाविसमा सशस्त्र प्रहरीले बरामद गरेको छ । सशस्त्र प्रहरी बल राजस्व तथा भन्सार सुरक्षा गुल्म भैरहवाबाट गस्तीमा खटिएको एपीएफ टोलीले उक्त चल्ला बरामद गरेको हो ।
अवैध रुपमा भारतबाट नेपालतर्फ ल्याइएको ४० कार्टुन कुखुराको चल्ला सो गुल्मको एपीएफ टोलीले फेला पारेको थियो ।
बरामद चल्ला स्थानीय पशुक्वारेन्टाइन कार्यालयका प्रतिनिधि, संचारकर्मी तथा स्थानीय महानुभावहरुको रोहबरमा एपीएफ टोलीले तत्कालै नष्ट गरेको शसस्त्र प्रहरीले जनाको छ ।


  •  
  •  
  •