आफ्नै अपहरणको हल्ला चलाउने पक्राउ

71
  •  
  •  
  •  

महोत्तरी १८ असोज (ओेएनएस) : आफू अपहरणमा परेको भनी झुटो प्रचार गर्ने एक व्यक्ति सहित ६ जनालाई प्रहरीले महोत्तरीको बसबिट्टीबाट पक्रेको छ ।

आफू अज्ञात समूहको अपरहरणमा परेको भनी प्रहरीलाई झुटो खबर गर्ने महोत्तरी सम्सी–८ का बेचु राय यादव र उनका सहयोगी अन्य ५ जनालाई प्रहरीले बसविट्टी–७ का दुखा दासको घरबाट पक्रेउ हो ।

गएको बिहीबार बेलुकादेखि सम्पर्क बिहिन भएका यादवले आफू अज्ञात समूहको अपहरणमा परेको भनी गाउँमा हल्ला चलाएका थिए । यादवकी श्रीमति र आफन्तले बेचु अपहरणमा परेको भनि खबर गरेपछि बिहीबारदेखि नै प्रहरीले यादवको खोजी तिब्र पारेको थियो । बसविट्टीमा रक्सी पिएर अवस्थामा शुक्रबार राती प्रहरी टोलीले  यादवलाई पक्रेको महोत्तरीका प्रहरी उपरिक्षक सौरभ राणाले जानकारी दिए।

गाउँमा ट्याक्टर चलाउने काम गर्दै आएका यादवले श्रीमतिलाई झुक्याएर अर्की युवतीसँग सम्बन्ध विस्तार गर्ने उद्देश्यले आफ्नो अपहरणको हल्ला चलाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी उपरिक्षक राणाले बताए। यादवसहित पक्राउ परेका ६ जनालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान प्रक्रिया   सुरु गरिएको छ ।

 


  •  
  •  
  •