निमित्त सिडिओलाई मुक्का प्रहार

47
  •  
  •  
  •  

सिन्धुपाल्चोक १० भदौ (ओएनएस): सिन्धुपाल्चोक नागरिकता नबानाई दिएको झाेंकमा सिन्धुपाल्चोकका निमित्त प्रमुख जिल्ला अधिकारी दिपराज रेग्मीलाई एक सेवाग्राहीले गालामा मुक्का हानेका छन ।

नागरिकता बनाउन सदरमुकाम चौतारा आएका धुस्कुन–५ का २१ वर्षिय लक्ष्मण तामाङले आफूलाई नागरिकता नबनाई दिएको भन्दै निमित्त प्रमुख जिल्ला अधिकारी रेग्मीलाई थप्पड हानेका हुन । रेग्मीले कागजी प्रक्रिया नपुगेको भन्दै नाता प्रमाणित गरेर ल्याउन तामाङलाई भनेपछि जिल्ला प्रशासन कार्यालयले नागरिकता नबनाउने केही दिन देखिनै दुःख र झन्झट मात्र दिईरहेको भन्दै रिसको झोकमा अधिकारी रेग्मीलाई चड्कन हानेको प्रत्यक्षदर्र्शीले बताएका छन् ।

नागरिकता बनाउन १/२ चोटी धाएको तर प्रशासनले पटक पटक केही न केही नपुगैको भन्दै दुख दिएर नागरिकता नबनाईदिएपछि आफूले चड्कन हानेको तामाङले बताए । तामाङलाई अहिले प्रहरीले नियन्त्रणमा लिएको छ ।


  •  
  •  
  •