सहकर्मी शिक्षकको कुटपिटवाट डोटीको विपिनगरमा एक जनाको मृत्यु

159
  •  
  •  
  •  

डोटी, १६ साउन (ओएनएस) : सहकर्मी शिक्षकको कुटपिटवाट डोटीको विपिनगरमा एक जनाको मृत्यू भएको छ । बर्छैन ९ विपिनगर स्थीत आदर्श प्राथमिक विद्यालयका शिक्षक दानबहादुर बोहराको छिमेकी गाविस निरौलीको दुर्गा निम्नमाध्यामिक विद्यालयका प्रधानाध्यापक भिमबहादुर बोहराको कुटाईवाट मृत्यू भएको हो ।

ईलाका प्रहरी कार्यालय विपिनगरका अनुसार बुधवार आदर्श प्राथमिक विद्यालयमा भएको अभिभावक भेलाका क्रममा मृतकले विद्यालयको कोषवाट ब्याजमा ५ हजार रुपैया लगेको र साँवा व्याज नतिरेको भन्दै अभियूक्तले कुटपिट गरेको बताईएको छ ।

पिटाइवाट बोहोराको कान र मुखबाट रगतसंगै फिँज आएपछि हिजो बोहोराको मृत्यु भएको हो । मृतकका आफन्तले प्राधानाध्यापक भिमवहादुरको कुटपिटवाट मृत्यू भएको भन्दै कारवाहीकालागि लागि ईलाका प्रहरी कार्यालय विपिनगरमा उजुरी गरेको ईन्चार्ज प्रहरी निरिक्षक महेन्द्र प्रसाद कलौनीले जानकारी दिए ।

उजुरी पछि अभियुक्त प्रधानाध्यापक बोहरालाई नियन्त्रणमा लिई अनुसन्धान शुरु गरिएको प्रहरी निरिक्षक कलौनीले बताए । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरिक्षक भोजजंग शाहाले अभियूक्त प्रद्यानाध्यापक भिमबहादुर बोहरा माथि अनुसन्धान गरी ज्यानमारा मुद्धा चलाउने वताए ।


  •  
  •  
  •