सुरेश रैना बाँधिए बन्धनमा…(तस्विरसहित)

168
  •  
  •  
  •  

suresh-and-priyanka-engagement1काठमाडौ, १९ चैत(एजेन्सी) : भारतीय टोलीका ब्याटस्म्यान सुरेश रैनाको टिकाटाला बुधबार भएको छ । यस क्रममा मेरठबाट आएका प्रियंकाका आफन्त, सुरेश रैनाकी बहिनी, उनका तीन दाईहरू र केही आफन्तहरू उपस्थित थिए । भिभिआईपी र शहरका प्रमुख व्यक्तिहरू यस कार्यक्रममा उपस्थित थिएन । टिकाटाला पछि सुरेश रैना दिल्ली गएका थिए । उनको विवाह शुक्रबार हुनेछ ।

suresh-and-priyanka-engagementबुधबार सुरेश रैनाको टिकाटालाको कार्यक्रम गाजियाबादको राजनगर सेक्टर ११ स्थित घरमा गरिएको थियो । सुरेश रैनाको घरलाई निकै सुन्दर तरिकाले सजाइएको थियो । करीब साढे २ बजे प्रियंकाका पिता चौधरी तेजपाल सिंह र अन्य मानिसहरू सुरेश रैनाको घर पुगेका थिए ।

suresh-and-priyanka-engagement4प्रियंकाका भाई अभिषेकले परम्परा अनुसार चन्दनको तिलक लगाएर र घडी लगाइदिएर टिकाटालाको काम सम्पन्न गरेका थिए । राती अबेर मेरठबाट आएका सबै आफन्तलाई सुरेश रैना र उनका भाइहरू दिनेश र नरेशले बिदा गरेका थिए ।

बुधबार टिकाटाला पछि सुरेश रैना दिल्ली गएका थिए । टिकाटालाको कार्यक्रम करिब ४ बजेसम्म चलेको थियो र सवा चार बजे सुरेश रैना आफ्नो कारमार्फत दिल्ली गएका थिए ।


  •  
  •  
  •