ध्वनी बने स्टम्पिङमा सतक पूरा गर्ने पहिलो क्रिकेटर

354
  •  
  •  
  •  

dhoni
काठमाडौं, १९ भदौ (एजेन्सी) : भारतीय क्रिकेटर महेन्द्र सिंह धोनीले एकदिवसीय क्रिकेटमा एक सय स्टम्पिङको आँकडा पूरा गरेका छन् ।

श्रीलंकाविरुद्ध कोलम्ब वनडेमा धोनीले १०० स्टम्पिङको आँकडा पूरा गरेका हुन् । एक सय स्टम्पिङको रेकर्ड बनाउने उनी पहिलो विकेटकिपर हुन् ।

उनले यो कीर्तिमान ३०१ म्याचमा पूरा गरेका छन् । श्रीलंकाली पारीको ४५ औं ओभरको अन्तिम बलमा युजवेन्द्र चहलको बलमा धोनीले अपकला धनन्जयलाई स्टम्प आउट गरेर एक सय स्टम्पिङ पूरा गरे ।

स्टम्पिङको मामिलामा धोनीको पपछि श्रीलंकाका विकेटकिपर कुमार संगकारा छन् । उनले ४०४ वानडे म्याचमा ९९ खेलाडीलाई स्टम्प आउट गरेका थिए ।


  •  
  •  
  •