काठमाडौं १७ असार (ओएनएस) : नेपाल क्रिकेटसंघ (क्यान)ले उपेक्षा गरेपछि सरकारले नै नेपाली क्रिकेट टोलीका प्रशिक्षकमा पुबुदु दशानायकेको म्याद थपेको छ । नेपाल क्रिकेट संघ क्यानले आर्थिक अभाव देखाउँदै सम्झौंता नविकरण नगरेपछि युवा तथा खेलकुद मन्त्रालयले दसानायकेको एक वर्ष करार सम्झौंता गर्ने निर्णय गरेको हो ।
युवा तथा खेलकुद मन्त्री पुरुषोत्म पौडेलले खेलकोकूदको विकासका लागि मन्त्रालय नै अग्रसर हुनुपर्ने अवस्था आएको बताए । उनले अर्थमन्त्रालयको सहकार्यमा एक बर्ष कार्यकाल थपेको बताए । प्रशिक्षक दासानायकेको करार अवधि सोमबार सकिएको थियो । मंगलबार मात्रै क्रिकेटका कप्तान पारश खड्काले दशानायकेको म्याद नथपिए क्रिकेट नखेल्ने घोषणा गरेका थिए ।