काठमाडौं १२ कात्तिक (ओएनएस) : आइसीसी विश्व क्रिकेट लीग डिभिजन थ्रीअन्तर्गत राउण्ड रोविन चरणको शीर्ष स्थानमा रहँदै नेपाल डिभिजन–२ मा उक्लिएको छ ।
बुधवार आयोजक मलेसियालाई ‘डर्कवर्थ लुइस मेथोड’ का आधारमा ३६ रनले हराएर डिभिजन–२ मा उक्लिएको हो ।
प्रतियोगिताका ५ खेलमध्ये ४ खेलमा जित हात पार्दै नेपालले ८ अङ्क जोड्न सफल रह्यो ।
समान अङ्क जोड्दै नेट रनरेटका आधारमा पछि परेको यूगाण्डासमेत डिभिजन टूमा उक्लिएको छ ।
यी दुई अब डिभिजन थ्रीको उपाधीका लागि भिड्नेछन् ।