पारशले क्रिकेटबाट सन्यास लिन सक्ने !

463
  •  
  •  
  •  

 

काठमाडौं १७ असार (ओएनएस) :  नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले प्रशिक्षक पुबुदु दासानायकेको करार नथपिए आफूले राष्ट्रिय टोलीबाट क्रिकेट नखेल्ने बताएका छन् । सोमबार क्यानले आर्थिक संकटका कारण पुबुदुको करार थप्न नसक्ने बताएको थियो ।

आईसीसीले नेपाललाई टी ट्वान्टी राष्ट्रको मान्यता दिएको २ दिनपछि नै राष्ट्रिय टोलीका कप्तानको यस्तो धारणा राखेका हुन् ।

‘परिवार, प्रसंशक र सबैलाई शुभप्रभात, हामीले नेपाली क्रिकेटलाई अघि बढाउन चाहन्छौं भने हामीलाई कुनै पनि मूल्यमा पुबुदु चाहिन्छ । यदि यसो भएन भने म नेपालको लागि खेल्न खेल्दिनँ’, पारसले फेसबुकमा लेखेका छन्,’नेपाली क्रिकेटको आरोह अवरोहमा साथ दिने सबैलाई धन्यवाद ।’

नेपाली राष्ट्रिय टोलीका श्रीलकांली मुलका क्यानडेली प्रशिक्षक पुबुदु दासानायकेको सम्झौता सोमबार सकिएको छ । उनी यसअघि नै क्यानडा फर्किइसकेका पत्रपत्रिकामा खबर छापिएको छ ।


  •  
  •  
  •