बर्षाले अवरुद्ध नेपाल र स्कटल्यान्ड बीचको खेल आज हुँदै

91
  •  
  •  
  •  

काठमाडौं १६ साउन (ओएनएस) : हिजो बर्षाका कारण अवरुद्ध भएको नेपाल र स्कटल्यान्ड बीचको खेल आज हुँदैछ । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्र्तगत हिजो वर्षाले अवरुद्ध बनाएको छ । बर्षाअघि टस हारेर ब्याटिङ गर्न आएको नेपाल ४९.१ ओभरमा १ सय ६७ रनमा अलआउट भयो ।

वर्षाका कारण ३ घन्टा रोकिएको खेल फेरि सुरु भएको थियो । सुरु भएको केही समयमा नै बर्षा भएपछि फेरि खेल अवरुद्ध भएको हो । त्यसपछि स्कटल्यान्डलाई डकवर्थ लुइस पद्धतिमा २२ ओभरमा १ सय १० रनको लक्ष्य दिइएको थियो । स्कटल्यान्डले १.४ ओभरमा १५ रन बनाएको समयमा फेरि वर्षा भएपछि खेल अवरुद्ध हुन पुगेको हो ।


  •  
  •  
  •