विश्वकप क्रिकेटमा नेपाल भारतसँग पराजित

293
  •  
  •  
  •  

काठमाडौं १८ माघ (ओएनएस) : अण्डर १९ विश्वकप क्रिकेटमा नेपाल भारतसँग पराजित भएको छ । बंगलादेशमा जारी क्रिकेटमा नेपालल ७ विकेटले पराजित भएको छ । नेपालले दिएको १७० रनको लक्ष भारतले १८ ओभरमा सजिलै भेटाउन सक्यो । ओपनर द्वय रिसाभ पन्तको सर्वाधिक ७८ र कप्तान इसान किसानको ५२ रनको मद्धतले भारतले सजिलै जित निकालेको हो ।

नेपालको १७० रनको चुनौती

नेपालले भारतलाई १७० रनको चुनौती पेस गरेको छ । बंगलादेशमा जारि आईसीसी यू–१९ विश्वकप क्रिकेटको समूह चरणको अन्तिम खेलमा नेपालले भारतलाई जितका लागि १७० रनको चुनौती पेस गरेको हो ।  भारतले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रेको नेपालले पुरै ४८ ओभर खेल्दै १ सय ६९ रन मात्र बनाउन सक्यो ।

अघिल्लो चरण प्रवेश गरिसकेकाले नेपालले तीन पटकको विश्व च्याम्पियनविरुद्ध प्रतिष्ठाका लागि खेलिरहेको हो । नेपालका लागि ओपनर सन्दीप सुनारले ७३ बलमा ३७ रन जोडेर आउट भए । राजवीर सिंहले ६८ बलको सामना गर्दै ३५ रनको योगदान दिए । त्यसैगरी अरिफ सेखले ४४ बलमा २६ रन जोडे । सुनिल धमला शून्यमै पेभेलियन फर्के भने योगेन्द्रसिंह कार्की ७ र राजु रिजाल ६ रनमै आउट भए । त्यसैगरी मध्यक्रमका दीपेन्द्रसिंह एेरी १ रनमै रन आउट हुन पुगे ।

नेपालका कुशल भुर्तेल पनि ६ रन बनाउँदै आउट भए । भारतले जवाफि ब्याटिङ सुरु गरेको छ ।


  •  
  •  
  •