नेपाली बलरको उत्कृष्ट बलिङ, पपुवा न्युगिनीले दियो १ सय १५ को लक्ष्य

213
  •  
  •  
  •  

काठमाडौं, १ चैत (ओएनएस): आइसिसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत प्लेअफमा नेपालली बलरले उत्कृष्ट बलिङ गरेसँगै नेपालले पपुवा न्युगिनीलाई १ सय १५ रनमै अल आउट गरेको छ।

पपुवा न्युगिनीलाई सस्तैमा समेट्नको लागि सन्दिप लामिछाने र दिपेन्द्रसिँह ऐरिले समान ४–४ विकेट लिएका छन् भने सोमपाल कामिले र करन केसिले १–१ विकेट लिएका छन्।

नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि पहिले ब्याटिङ गर्न उत्रेको पिएनजी २७.२ बलमा १ सय १४ बनाएर अलआउट हुन पुग्यो। पिएनजीका कुनै पनि ब्याट्म्यानले राम्राे खेन्न सकेनन्।

खेलमा जित हात पार्ने टिम एकदिवसीय मान्यता नजिक पुग्नेछ।


  •  
  •  
  •