नेपालले आज हङकङसँग खेल्दै, जित्नै पर्ने दबाब

86
  •  
  •  
  •  

काठमाडौं,  ३० असार (ओएनएस) : ट्वान्टी–ट्वान्टी विश्वकप छनोट प्रतियोगिताको चौथो खेलमा नेपालले बुधबार हङकङसँग खेल्दैछ । प्रतियोगिताको सुरुआती तीनमध्ये एक खेल मात्रै जितेको नेपालले विश्वकपमा छनोट हुने सम्भावना बलियो पार्न खेल जित्नै पर्ने दबाब छ । नेपालले समूहको पहिलो खेलमा अमेरिकालाई हराएको थियो भने नामिबियाविरुद्धको दोस्रो खेल वर्षाले रद्द भएपछि एक–एक अंक बाँडेको थियो ।

आयोजक आयरल्यान्डविरुद्धको सोमबारको खेलमा फराकिलो अन्तरले पराजित भएसँगै प्रतियोगितामा नेपालको यात्रा धर्मराएको छ । समूहमा तीन खेलबाट ६ अंक जोडेको आयरल्यान्ड शीर्ष स्थानमा रहेको छ । २ खेलबाट ३ अंक जोडेको पपुवा न्यगिनी दोस्रो स्थानमा छ भने ३ खेलबाट समान ३–३ अंक जोडेका नामिबिया र नेपाल क्रमशः तेस्रो र चौथो स्थानमा रहेको छ ।


  •  
  •  
  •