भूकम्पपीडित सहयोगार्थ महेन्द्रनगरमा युथ कप डे नाईट क्रिकेट

239
  •  
  •  
  •  

youth cup t20 2015कञ्चनपुर, २५ जेठ(ओएनएस) : भूकम्प पीडित सहयोगार्थ कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा युथ कप डे नाईट टी-ट्वान्टी क्रिकेट प्रतियोगिता आजबाट सुरू हुने भएको छ ।

युथ क्लब अफ महाकाली महेन्द्रनगर कञ्चनपुरको आयोजना आजबाट हुने प्रतियोगिताको उद्घाटन एक समारोहका बीच गरिने भएको छ । साँझ साढे ५ बजे हुने उद्घाटन समारोहका प्रमुख अथिती प्रमुख जिल्ला अधिकारी गोविन्द बहादुर कार्की रहने युथ क्लवका संयोजक कमल राज चटौतले जानकारी दिएका छन् ।

यसैबीच हिमालयन क्रिकेट एकेडेमीको खेल मैदानमा आज साँझ साढे ६ बजेपछी हुने पहिलो खेलमा एसपिए र सिटी मोवाईल भिड्ने भएका छन् । यस्तै, राती ८ बजेपछी हुने दोस्रो खेलमा गुरूकुल र होली परिवारबीच प्रतिस्पर्धा हुने भएको छ । १६ टिम सहभागी प्रतियोगितामा प्रथम हुने टिमले ५० हजार, द्धितियलाई २० हजार प्रमाण पत्र सहित ट्रफि दिईने भएको छ । त्यस्तै, म्यान अफ द सिरिज वाफत १ जनालाई ५ हजार प्रदान गरिने र प्रत्येक खेलमा उत्कृष्ट प्रदर्शन गर्ने एक जनालाई म्यान अफ द म्याच घोषित गरिनेछ ।

यसैबीच उत्कृष्ट व्याट्सम्यान, बलर, फिल्डर घोषित गरिनेछ, त्यस्तै सर्वाधिक छक्का र चौका हान्ने व्याट्स्म्यान समेत घोषित गरिने आयोजक युथ क्लव अफ महाकालीले जानकारी दिए । प्रतियोगिताबाट उठेको रकम भूकम्प पीडितलाई प्रदान गरिने तथा कञ्चनपुरमा क्रिकेटको विकास गर्नका साथै प्रतिभावान खेलाडी उत्पादन गर्ने उद्देश्य रहेको आयोजक जानकारी दिएका छन् ।

प्रतियोगिताको मिडिया पार्टनर रेडियो राष्ट्रिय रहेको छ ।


  •  
  •  
  •