क्यानको तदर्थ समितिलाई काम नगर्न सर्बाेच्चको अन्तरकालिन आदेश

227
  •  
  •  
  •  

Supreme_court_nepalकाठमाडौ, ८ मंसिर(ओएनएस) : सर्बाेच्च अदालतले अघिल्लो महिना मन्त्रिपरिषद्ले नियुक्त गरेको नेपाल क्रिकेट संघ (क्यान) को तदर्थ समितिलाई काम नगर्न आदेश अन्तरकालिन आदेश दिएको छ ।

नेपाल सरकारले अघिल्लो महिना तारिणीबिक्रम शाह कार्यकारी अध्यक्ष रहेको समितिलाई निलम्बन गर्दै विनयराज पान्डेको अध्यक्षतामा तीन सदस्यीय तदर्थ समिति नियुक्त गरेको थियो ।

मन्त्रिपरिषद्ले असंबैधानिक निर्णय गरेको भन्दै निलम्बित पदाधिकारीहरुले अघिल्लो साता रिट दर्ता गराएका थिए । सो रिटको सुनुवाई गर्दै सर्बाेच्चले मंसिर १७ मा छलफल गर्न दुबै पक्षलाई बोलाएको छ । सो अवधिमा काम नगर्नको सबोच्चले अन्तरकालिन आदेश दिएको हो ।


  •  
  •  
  •  

Comments are closed.