‘फुच्चे’ को करामत

72
  •  
  •  
  •  

काठमाडौं २ भदौ ।
यो फुच्चेले नेपाली क्रिकेट टोलीको नाक राख्छ।’ नेपाली यु-१६ क्रिकेट टोलीका सहायक प्रशिक्षक राजु बस्न्यातले केही समयअघि १३ वर्षीय ‘स्पिनर’ अनिल खरेलको खेल कौशलबारे प्रतिक्रिया दिँदै भनेका थिए।
अनिलले प्रशिक्षकको विश्वासलाई सही सावित गरेर देखाएका छन्। मलेसियाकव क्वालालाम्पुरमा जारी एसिसी यु १६ प्रिमियर खेल क्रममा अनिलले तीन खेलमा ९ विकेट लिएका छन्। आइतबार ओमानसँगको खेलमा मात्रै उनले ६ विकेट लिएर सनसनी मच्चाए।
ओमान नेपालका लागि लागि खासै ठूलो प्रतिद्धन्द्धी होइन, खासगरी उमेर समूहको क्रिकेटमा। नेपालले छाडेको १ सय ६५ रनको लक्ष्य ओमानलाई पहाडजस्तै भइसकेको थियो। तर, झन्डै १७ ओभरसम्म नेपालले एउटै विकेट झार्न सकेन। यसबीच रोयल सेलन्गर क्लब मैदानमा ओमानले ४९ रन जोडिसकेको थियो।
नागरिकबाट


  •  
  •  
  •