च्याम्पियन्स लिग क्रिकेटको उपाधि चेन्नईलाई

85
  •  
  •  
  •  

काठमाडौं, १९ असोज (एजेन्सी) भारतीय क्लब चेन्नई सुपर किंग्स च्याम्पियन्स लिग टि ट्वाण्टी क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । गएराति भएको फाईलन खेलमा भारतकै कोलकत्ता नाईट राईडर्सलाई ८ विकेटले पराजित गर्दै महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नईले दोस्रो पटक च्याम्पियनन्स लिगको उपाधि जितेको हो ।

पहिले व्याटिङ गरेको कोलकत्ताले पुरै ओभर खेलेर ६ विकेटको नोक्सानीमा १२० रन बनाएको थियो, जवाफि व्याटिङमा उत्रेको चेन्नईले ३ बल बाँकी छदै लक्ष्य भेटाउन सफल भयो । चेन्नईका लागि सुरेश रैनाले एकसय ९ रनको अविजित पारि खेलेका थिए ।


  •  
  •  
  •