नेपाले बहराइनलाई दियो २३४ रनको लक्ष्य

123
  •  
  •  
  •  

काठमाडौं २ भदौ (ओएनएस) :  मलेसियामा जारी एसीसी यु १६ प्रिमियर लिग क्रिकेट प्रतियोगीतामा नेपाल आज पनि जितको तयारीमा छ । चौथो खेलमा  नेपालले बहराइनसामू २३४ रनको लक्ष्य प्रस्तुत गरेको छ । बहराइनले केहीबेरमा जवाफी व्याटिङ गर्नेछ । सिलांगोर टर्फ क्लबमा टस जितेर व्याटिङ रोजेको नेपालले निर्धारित ४० ओभरमा ८ विकेट गुमाएर २३३ रन बनायो । नेपालका लागि प्रनित थापाले अविजित ७० रनको योगदान दिए । रवि चन्दले ३३ रन जोडे ।

लगातार तेस्रो खेलसम्‍म जितेको नेपाल हालसम्‍म अपराजित छ। पहिलो खेलमा थाइल्‍यान्डलाई १० विकेटले हराएको नेपालले दोस्रो खेलमा सिंगापुरलाई ४९ रनले पराजित गर्‍यो भने तेस्रो खेलमा ओमान विरुद्ध समेत नेपाली युवा खेलाडीहरुले दमदार खेल प्रदर्शन गरेका थिए।


  •  
  •  
  •