अष्ट्रेलियाका क्रिकेट खेलाडि स्टिभ स्मिथ र डेविड वार्नर एक बर्षको प्रतिबन्धमा परे

291
  •  
  •  
  •  

चैत १४ (एजेन्सी) अष्ट्रेलियाको क्रिकेट संघले आफ्नो कप्तान र उपकप्तान स्टभ स्मिथ र डेविड वार्नरलाई एक वर्ष क्रिकेटमा प्रतिबन्ध गरेको छ।

दक्षिण अफ्रिकाविरुद्धको तेस्रो टेस्टमा खेल भावना विपरित गएर बल टेम्परिङ गरेको प्रमाणित भएपछि उनीहरु प्रतिबन्धमा परेका हुन्। त्यस्तै क्यामरन बेनक्राफ्टलाई भने ९ महिना प्रतिबन्ध लगाइएको छ।

प्रतिबन्धमा परेपछि यी तिन खेलाडिलाई घर बोलाइएको छ। अब बाकि खेलमा अष्ट्रेलियाको कप्तानको भूमिका विकेटकिपर टिम पाइनेले निर्वाह गर्नेछन् । तीन खेलाडीको स्थानमा म्याथ्यु रेन्श, ग्लेन म्याक्सवेल र जो बर्नलाई टिममा समावेश गरिएको।

तेस्रो टेस्ट जारि रहेको बेला क्यामरन बेनक्रफ्टले पहेँलो टेप निकालेर बललाई टेम्परिङ गरेर बलको आकारमा परिवर्तन गरेको टिभी क्यामराले प्रत्यक्ष देखाएको थियो। यो घटनाबारे जानकार रहेका कप्तान स्मिथ र उपकप्तान वार्नरले समेत आचार संहिताको उलङ्घन गरेको ठहर गर्दै अष्ट्रेलियाको क्रिकेट संघलाई कारवाहि गरेको हो।


  •  
  •  
  •