विश्वकप क्रिकेट छनोटमा अफगानिस्तान बन्यो च्याम्पियन, वेष्टइन्डिज सात विकेटले पराजित

288
  •  
  •  
  •  

चैत १२– जिम्बावेमा सम्पन्न विश्वकप क्रिकेट छनोटमा अफगानिस्तान च्याम्पियन्स बनेको छ।

च्याम्पियनको लागि अफगानिस्तानले वेष्टइन्डिजको सामना गरेको खेलमा अफगानिस्ताने वेस्टन्डिजलाई सात विकेटले पराजित गरेको छ। टस जितेर पहिले ब्याटिङ रोजेको वेष्टइन्डिजले ४६.५ ओभरमा आफ्ना सबै विकेट गुमाउदै २ सय चार बनाएको थियो। २ सय पाँच रनको विजयी लक्ष्यका साथ मैदानमा उत्रेको अफगानिस्ताने ४०.४ ओभरमा आफ्ना तिन विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो।

अफगानिस्तानका लागि मोहम्मदले सर्वाधिक ८४ रनको योगदान दिएका थिए भने रहमत शाहले ५१, गुलावदिन नैवले १४, समिउल्लाह शेनवारीले २० र मोहम्मद नाबीले २७ रन बनाएका थिए।

यता वेष्ट इन्डिजका लागि आर पावेलले सर्वाधिक ४४ रन बनाएका थिए भने एसओ हेटमेयरले ३८ रन बनाए । खराब फर्मबाट गुज्रिरहेका क्रिस गेलले यो खेलमा पनि १० रनमा आउट हुन पुगे।

समूह चरणबाट रनरेटका आधारमा सुपर सिक्समा पुगेको अफगानिस्तानले सबैलाइ चकित पार्दै विश्वकप क्रिकेट छनोट प्रतियोगिताको च्याम्पियन बनेको छ।


  •  
  •  
  •