वेस्ट इन्डिज विश्कपमा छनोट, स्कटल्यान्ड डिएल मेथडमा ५ रनले पराजित

263
  •  
  •  
  •  

चैत्र ८ – सन् २०१९ मा हुने आएसिसी एकदिवसीय विश्कपमा क्रिकेटमा वेस्ट इन्डिज छनोट भएको छ।

जिम्बावेमा भइरहेको छनोट प्रतियोगिताको आफ्नो महत्वपूर्ण खेलमा स्कटल्यान्डलाई डिएल मेथडमा ५ रनले पराजित गर्दै वेस्ट इन्डिजले विश्वकपमा आफ्नो स्थान सुरक्षित गरेको छ।

टस जितेर स्कटल्यान्डले बलिङ रोजेपछि पहिला ब्याटिङमा उत्रेको वेस्ट इन्डिजले ४८.४ ओभरमा सम्पूर्ण विकेट गुमाउदै १ सय ९९ रन बनाएको थियो। २ सय रनको लक्षका साथ मैदानमा उत्रेको स्कटल्यान्डले ३५.२ ओभरमा ५ विकेटको क्षतिमा १ सय २५ रन बनाएर खेलिरहदा खेल वर्षाले अवरुद्ध बनेको थियो। जितका लागि ७४ रनले टाढा रहेको स्टकल्यान्ड वर्षा नरोर्र्किए पछि डिएल मेथडमा ५ रनले पराजित हुन पुग्यो।

यो खेलसँगै वेस्ट इन्डिज र स्कटल्यान्डको सुपर ६ खेल सकिएको छ। शीर्ष स्थान रहेको वेस्ट इन्डिजले ५ खेलबाट ८ अंक बनाएको छ भने दोस्रो स्थानको जिम्बावेको ४ खेलबाट ५ अंक रहेकोछ। ५ खेलबाट ५ अंक नै बटुलेको स्कटल्यान्ड तेस्रो स्थानमा छ। चौथो स्थानको आयरल्यान्ड र पाँचौ स्थानको अफगानिस्तानको समान ४–४ अंक छ।

अब बिहीबार जिम्बावे र युएई तथा शुक्रबार आयरल्यान्ड र अफगानिस्तानबीच प्रतिस्पर्धा हुनेछ। बिहीबार जिम्बावेले जित हात पारे विश्वकपमा छनोट हुनेछ भने आयरल्यान्ड र अफगानिस्तान अन्तिम खेल अघि बाहिरिनेछन्। जिम्बावे पराजित भए मात्र अफगानिस्तान र आयरल्यान्डको सम्भावना रहनेछ।


  •  
  •  
  •