चौथो टेष्टमा इण्डिया फराकिलो अन्तरले पराजित

453
  •  
  •  
  •  

काठमाडौं, २५ साउन (ओएनएस) : चौथो टेस्टमा इङल्याण्डले इण्डियालाई फराकिलो अन्तरले पराजित गरेको छ । घरेलु मैदानमा इङल्याण्डले एक इनिङ र ५४ रनको जित हात पारेको छ ।

इण्डियाले पहिलो इनिङमा १ सय ५२ रन बनाएकोमा इङल्याण्डले ३ सय ६७ रन बनाएको थियो । दोस्रो इनिङमा इण्डिया १ सय ६१ रनमा समेटिएपछि इङल्याण्डले फराकिलो जित हात पारेको हो ।

इण्डियालाई कमजोर बनाउन मोइन अलीले ४ विकेट लिएका थिए । जितपछि इङल्याण्डले ५ म्याचको सिरिजमा २–१ को अग्रता लिएको छ । पाँचौं तथा अन्तिम टेस्ट आगामी शुक्रवार शुरु हुनेछ ।


  •  
  •  
  •