काठमाडौं ।
आगामी शनिबार र सोमबार हुने नेपाल र नामिबियाबीचको खेल टिकटमा त्रिभुवन विश्व विद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरमा अध्ययनरत विद्यार्थीले ५० प्रतिशत छुट पाउने भएका छन् ।केन्द्रीय क्याम्पस कीर्तिपुरमा अध्ययनरत विद्यार्थीलाई ५० प्रतिशत छुट दिइएको टिकट बिक्री तथा व्यवस्थापन गरिरहेको ईसेवा फोन पे प्रालिले जनाएको छ ।
विद्यार्थी छुटको टिकट लिन विद्यार्थीले बुधबार बेलुका ५ बेजे कीर्तिपुरस्थित क्रिकेट खेल मैदानमा आफ्नो विद्यार्थी परिचयपत्र लिएर स्वयं उपस्थित हुनुपर्ने ईसेवाका प्रमुख कार्यकारी अधिकृत अस्गर अलीले बताएका छन् ।आजको अन्नपूर्ण पोस्ट दैनिकबाट ।
अन्नपूर्णपोष्टबाट