यू–१९ क्रिकेटमा नेपाल–भारत भिडन्त जारी

172
  •  
  •  
  •  

काठमाडौं १८ माघ (ओएनएस) :
यू १९ विश्वकप क्रिकेटमा नेपाल र भारतबीच प्रतिस्पर्धा भइरहेको छ ।  टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ब्याटिङ गरिरहेको छ । १६ ओभरको खेल सकिदा नेपालले २ विकेटको क्षतिमा ४० रन बनाएको छ ।

नेपालको तेस्रो विकेट झरेको छ ।  नेपालको २० ओभरमा ३ विकेट गुमाई ५५ रन रहेको छ । कप्तान राजु रिजाल ६ रन बनाई आउट भएका छन् ।

लाइभ स्कोटरका लागि

 बंगलादेशमा जारी प्रतियोगिता अन्तर्गतको यो खेल बिहान पौने ९ बजेसुरु भएको हो ।

यी दुईबीचको खेल समूह विजेताका लागि मात्र हुँदै छ । यू–१९ क्रिकेटमा यसअघि भएका दुईवटा खेलमा नेपालले भारतविरुद्ध नतिजा आफ्नो पक्षमा निकाल्न सकेन । सन् २००० को यू–१९ विश्वकपमा नेपाल भारतसँग आठ विकेटले पराजित भएको थियो । त्यसवेला नेपालविरुद्ध भारतीय टोलीका मोहमद कैफ र युवराज सिंहले अर्धशतकीय इनिङ खेलेका थिए ।

सन् २०१४ को यू–१९ एसिया कपमा नेपाल भारतसँगै नौ विकेटले पराजित भएको थियो । अब आज तेस्रो खेल हुँदै छ । तेस्रोपटकको भेटमा नेपाललाई कुनै दबाब छैन । दुईपटकको एकदिवसीय र एकपटक टी–२० विश्वकप जितेको भारत भने चर्को दबाबमा रहनेछ । भारतले आफ्नो प्रतिष्ठाअनुसार खेल्नुपर्नेछ । यता फर्ममा रहेका नेपाली बलर र ब्याट्सम्यानले भारतविरुद्ध कडा चुनौती दिने अपेक्षा छ ।


  •  
  •  
  •