नेपाल र आयरल्यान्ड भिड्दै, नेपाललाई जित्नै पर्ने दवाव

134
  •  
  •  
  •  

काठमाडौं १६ माघ (ओएनएस) : बंगलादेशमा जारी आइसीसी यु–१९ विश्वकप क्रिकेटमा आज नेपाल र आयरल्यान्ड भिड्दै छन् । नेपाली समयअनुसार अहिले पौने ९ बजेदेखि सुरु हुनेछ । अर्को चरणमा प्रवेश गर्न नेपालले आजको खेल जित्नै पर्ने दवाव रहेको छ । समूह ‘डी’मा रहेको नेपालले पहिलो खेलमा न्यूजिल्यान्डलाई ३२ रनले हराउँदै क्वार्टरफाइनलका लागि बलियो दाबेदारी प्रस्तुत गरेको हो ।

समूहको अर्को खेलमा भारतले आयरल्यान्डलाई हराएको थियो । आज नेपालले आयरल्यान्डलाई र भारतले न्यूजिल्यान्डलाई हराउन सके समूहको अन्तिम खेल खेल्नुअगावै नेपाल र भारत क्वार्टरफाइनलमा पुग्ने छन् । समूहको अन्तिम खेलमा सोमबार नेपाल र भारत खेल्ने कार्यक्रम छ ।


  •  
  •  
  •