नेपालले न्युजिल्यान्डको सामना गर्दै

132
  •  
  •  
  •  

काठमाडौं १४ माघ (ओएनएस) : हिजो शुरु भएको आइसिसि अण्डर १९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत आज नेपालले न्यूजिल्याण्डसँग आफ्नो पहिलो खेल खेल्दैछ । बङ्गलादेशको खान साहेब ओसमान अली रङ्गशालामा हुने खेलमा नेपाल आजको जित हात पार्ने दाबीमा छ । यसअघि, सन् २००६ मा भएको खेलमा नेपालले न्युजिल्यान्डलाई पराजित गर्दै प्लेट च्यापियन उपाधि जितेको थियो । त्यसैगरी नेपालले दोस्रो खेलमा शनिबार आयरल्यान्डसँग र तेस्रोमा सोमबार भारतसँग प्रतिस्पर्धा गर्नेछ ।

नेपालसहित विभिन्न १६ राष्ट्रले भाग लिएको प्रतियोगितामा नेपाल समूह ‘डी’ मा परेको छ । समूह ‘डी’ मा भारत, आयरल्याण्ड र न्युजिल्यान्ड छन् ।
त्यस्तै समूह ‘ए’ मा बङ्गलादेश, नामिबिया, स्कटल्यान्ड र दक्षिण अफ्रिका छन् भने समूह ‘बी’मा अफगानिस्तान, क्यानडा, पाकिस्तान र श्रीलङ्का छन् । समूह ‘सी’ मा इङ्ग्ल्यान्ड, फिजी, वेष्ट इन्डिज र जिम्बावे छन् । प्रत्येक दुई/दुई वर्षमा हुने विश्वकपमा नेपालको यो साताँै सहभागिता हो ।


  •  
  •  
  •