नेपालले आज पाकिस्तानसँग खेल्दै

169
  •  
  •  
  •  

काठमाडौं २२ कात्तिक (ओएनएस) : नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज पाकिस्तानसँग अभ्यास खेल खेल्दैछ । आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत युएई भ्रमणमा रहेको टोलीले आज पाकिस्तानसँग खेल्न लागेको हो ।

पपुवा न्युगिनीविरुद्धको खेलका लागि युएई पुगेको नेपाल र पाकिस्तान बीचको अभ्यास खेलको चाँजोपाँजो आईसीसीले मिलाईदिएको हो । खेल युएईको अबुधाबीमा नेपाली समय अनुसार आज बिहान सबा ११ बजे सुरु हुनेछ । पाकिस्तानी कप्तान अजहर अलीको नेतृत्वमा रहने टिमसँग नेपालले एक दिवसीय खेल खेल्नेछ ।


  •  
  •  
  •