नेपाल स्कटल्यान्डसँगको खेलमा पराजित

124
  •  
  •  
  •  

काठमाडौं १४ साउन (ओएनएस) : आईसीसी वल्र्ड क्रिकेट लिग च्याम्पियन्सिप अन्तरगत नेपालले स्कटल्यान्डसँगको दोस्रो खेल आज खेल्दै छ । बिहिबारको खेलमा पराजय भागेको नेपाल आज जीतको लक्ष्यका साथ मैदान उत्रदैँँछ । गएराती स्कटल्यान्ड विरुद्धको खेलमा २ सय ३६ रनको विजय लक्ष्य पछ्याएको नेपाली टोलीले २ सय ३२ रन मात्र जोड्न सक्दा ३ रनको झिनो अन्तरले पराजित भएको थियो ।

अनिल मण्डलले आफ्नो अन्तराष्ट्रिय करिअरमा दोस्रो शतक बनाएको खेलमा अन्य ब्याट्म्यानहरूको खेल पनि प्रशंसा योग्य थियो । ७० रन जोडेका कप्तान पारस खड्काले  अनिल मण्डलसँग तेस्रो विकेटका लागि १ सय ३९ रनको विशाल साझेदारी गरेका थिए । यी दुईले खेलमा जीतको आधार तयार पारेपनि अन्तिम दुई ओभरमा नेपालले २५ रन जोड्न सकेन । ३५ औ ओभरमा कप्तान पारस खड्का र शरद भेष्वाकर आउट भएपछि नेपालको जीतको सम्भावना कमजोर बनेको थियो । यस्तै, ३६ औ ओभरको पहिलो बलमा नै अनिल मण्डल १ सय रनमा आउट भएपछि अन्तिम ओभरमा १७ रन बन्न सकेन । सोमपाल कामीले उक्त ओभरमा एक छक्का र एक चौका प्रहार गर्दै खेललाई जीत नजिक पुर्याएपनि जित भने दिलाउन सकेनन् ।

खेलमा पराजय बेहोरेपनि नेपाली टोलीमा फेरी फर्किएको छ । टि-२० विश्वकप क्रिकेटको छनोट खेलमा निराशाजनक प्रदर्शन गरेपछि कडा आलोचना खेपेको नेपाली टोलीले स्कटल्याण्डविरूद्ध गरेको प्रदर्शनका कारण केहि प्रशंसा बटुलेको छ । स्कटल्यान्डसँग नेपालले गरेको प्रदर्शनमा केही खुसी हुने ठाऊँ भेटिएको छ ।

यद्यपी दोस्रो चरणमा पुग्नका लागि आजको खेलमा नेपालले जित्नै पर्ने बाध्यता छ । आजको खेल पनि नेपाललाई एकदिवसीय विश्वकप छनोटमा पुर्याउने माध्यम हो । यसैले पनि आजको खेलमा नेपालले स्कटल्याण्डलाई पराजित गर्न सके । शीर्ष ६ टोलीभित्र पुगेर दोस्रो चरणमा पुग्ने सम्भावना रहेको छ ।

स्कटल्यान्डले दिएको २३६ रनको लक्ष्य पछ्याएको नेपालले ५ विकेट गुमाउँदै २३२ रनमात्र बनाउन सकेपछि झिनो पराजय भोग्न बाध्य भयो ।

नेपालका लागि ओपनर अनिल मण्डलको प्रदर्शन लोभलाग्दो थियो । उनी तीन रनले करियरकै दोस्रो सतक बनाउन चुके ।


  •  
  •  
  •