नेपाल र आयरल्याण्ड आज आमुने सामुने

95
  •  
  •  
  •  

काठमाडौं २८ असार (ओएनएस) :  विश्वकप ट्वेन्टी–२० छनोट क्रिकेट प्रतियोगिताको तेस्रो खेलमा नेपाल आज पनि जितको तयारीमा छ । यसअघिका दुईवटा खेलमा सफलता पाएको नेपालले आज तेस्रो खेलमा आयोजक आयरल्याण्डसंग खेल्दैछ । तर बर्षा ाबधक बन्ने पूर्वा अनुमान गरिएकाले अन्यौलतमा पनि देखिएको छ । पहिलो खेलमा अमेरिकालाई जितेर हौसिएको नेपालले दोस्रो खेलमा भने वर्षाले खेल रद्द भएसंगै नामिबियासंग अंक बाँडेको थियो ।
आयरल्याण्ड भने लगातार दोस्रो खेलमा विजयी हुँदै समुहको शिर्ष स्थानमा रहेको छ । आयरल्याण्डले पहिलो खेलमा अमेरिकालाई ४६ रनले तथा दोस्रोमा नामिबियालाई ७ विकेटले हराएको थियो ।

आयरल्याण्ड र स्कटल्याण्डमा संयुक्त रुपले आयोजना भइरहेको विश्वकप ट्वेन्टी–२० छनोट प्रतियोगिता बर्षाबाट प्रभावित हुँदै आएको छ ।
यसअघि वर्षाकै कारण नेपाल र ओमानविचको अभ्यास खेल रद्द भएको थियो भने अमेरिकासँगको खेल सकिएको २० मिनेटपछि पानी परेको थियो ।


  •  
  •  
  •