विश्वकप क्रिकेटमा भारत र अस्ट्रेलिया भिड्दै

179
  •  
  •  
  •  

काठमाडौं, १२ चैत (ओएनएस) : जारी ११औं विश्वकपको सेमिफाइनलमा अस्ट्रेलिया र भारत आज भिड्दै छन्। पाँचौं उपाधि जित्ने धुनमा रहेको अष्ट्रेलिया र उपाधि रक्षा गर्ने अभियानमा लागिपरेको भारत उपाधि जित्ने दौडमा रहेका छन् ।

सिड्नीमा बिहीबार डिफेन्डिङ च्याम्पियन भारत र घरेलु टीम अस्ट्रेलिया बीच हुने विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनल खेल रोमान्चक हुने अनुमान गरिएको छ । सर्वाधिक विजेता र अहिलेको नम्बर एक टोली अस्ट्रेलियाले घरेलु मैदानमा भारतलाई हराएर फाइनल पुग्नु अर्थपूर्ण हुनेछ।

अस्ट्रेलिया, विश्वकपको सर्वाधिक विजेता र यस पटक आयोजक टोली। त्यतिमात्र होइन, अस्ट्रेलिया जतिपटक विश्वकपको सेमिफाइनलमा अपराजित टिम पनि हो।

सेमिफाइनलमा अपराजेय अस्ट्रेलिया विश्वकपमा लगातार विजेता बनेको इतिहास पनि छ। तर यस सन्दर्भमा भारत अस्ट्रेलियाभन्दा केही फरक छ। भारत विश्वकपको साबिक विजेता हो। भारतले लगातार विश्वकप उपाधि जित्न सकेको छैन। पहिलो सेमिफाइनल खेलमा न्यूजिल्यान्डले दक्षिण अफ्रिकामाथि बुधबार ४ विकेटको जित दर्ता गरि फाइनल प्रवेश गरिसकेको छ । विश्व क्रिकेटका दुई ठूला टिम भारत र अस्ट्रेलिया बीचको खेलको पखाईमा रहेका छन्, क्रिकेटका फ्यानहरू ।


  •  
  •  
  •