मूलपानीमा अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणका लागि २० करोड

165
  •  
  •  
  •  

काठमाडौ, ३० असार (ओएनएस) । सरकारले काठमाडौँको मूलपानीमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदानको प्यारापिmट निर्माणका लागि २० करोड रुपैयाँ विनियोजन गरेको छ ।
अर्थमन्त्री डा. रामशरण महतद्धारा सार्वजनिक बजेटमा मुलपानी क्रिकेट मैदानका लागि आवश्यक बजेट छुट्याएका हुन् । मुलपानीमा अन्तराष्ट्रिय क्रिकेट मैदान बनाउनका लागि २०४६ सालपछि सरकारले मुलपानीको तीन सय ४० रोपनी जग्गा अतिग्रहण गरेको थियो ।

उक्त जग्गामध्ये दुई सय ९५ रोपनी मुख्य मैदानका लागि र अन्य संरचना निर्माण गर्ने योजना बनाइएको थियो ।  यस्तै, सरकारले आगामी तीन वर्षभित्र हरेक निर्वाचन क्षेत्रमा न्यूनतम एउटा खेलमैदान बनाउने कार्यक्रम अन्तर्गत आगामी आर्थिक वर्षभित्रमा थप ५३ निर्वाचन क्षेत्रमा खेल मैदान निर्माण गर्ने बजेटमा उल्लेख छ ।

cric
यसका अतिरिक्त भैरहवामा पनि मैदान स्थापना गर्नुका साथै अन्य सम्भावित स्थानमासमेत क्रिकेट मैदान निर्माण गरिने बजेटमा उल्लेख छ । राष्ट्रिय युवा परिषद गठनका लागि संरचनात्मक कार्य अगाडी बढाईने तथा युवा विकासका लागि भिजन २०२५ तयार गरी कार्यक्रम सञ्चालन गरिने बजेटमा उल्लेख छ ।


  •  
  •  
  •