अन्तराष्ट्रिय स्तरको क्रिकेट मैदान निमार्ण आवश्यक :  सुजाता

157
  •  
  •  
  •  

काठमाडौं, १४ कात्तिक (ओएनएस) कांंग्रेसकी नेतृ सुजाता कोइरालाले नेपाली क्रिकेट टोलीलाई बधाइ दिएकी छन् । पुर्व उपप्रधान समेत रहेकी नेतृ कोइरालाले उपाधि जित्न सफल भएको भन्दै शुभकामना दिएकी हुन् ।

शुक्रवार संचारकर्मीहरुसंग कुरा गर्दै उनले नेपाली खेलाडीले मलेसियमा जारी आइसिसी वल्र्ड क्रिकेट डिभिजन र्थी को उपाधि कब्जा गरेको प्रति नेपालीको मात्रै नभई समग्र राष्ट्रकै मनोबल उच्च भएको बताइन । नेपाली क्रिकेट खेलाडीले सिमित स्रोत र साधनकाबीचपनि मैदानमा देखाएको खेल र प्राप्त सफलताले आफुलाई एकदमै खुशी तुल्याएको बताइन । क्रिकेटकै माध्यमले राष्ट्रलाई सफलतातर्फ उन्मुख बनाइरहेको भन्दै राज्यले यस्ता खेलाडीलाई प्रोत्साहन गर्नु पर्नेमा कोइरालाले जोड दिइन ।

उनले राज्यले खेलाडीको समस्या बुझेर आवश्यक सहयोग गर्नु पर्ने बताइन । नेपालमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान नरकेको भन्दै उनले त्यस्तो अवस्थामासमेत उपाधि जित्नु गौवरको विषय भएको बताइन् । उनले तत्काल पाँचै विकास क्षेत्रमा एक एक वटा अन्तराष्ट्रिय स्तरको क्रिकेट मैदानको निमार्ण गर्नु पर्ने बताइन ।


  •  
  •  
  •