युगाण्डा सामु नेपालको २२४ रनको लक्ष्य पेश

186
  •  
  •  
  •  

काठमाडौं १३ कात्तिक (ओएनएस) :

आइसिसी विश्व क्रिकेट लिग डिभिजन ३ मा नेपालले युगान्डा सामु २ सय २४ रनको लक्ष्य पेश गरेको छ । ४९.५ ओभरमा पुरै विकेट गुमाएर नेपालले २ सय २३ रन बनायो । नेपाल एक बल बाँकी छदै आउन हुन पुग्यो । अन्तिम समयमा खराब प्रदर्शन गरेको नेपाल तीन ओभरमै नेपालको ६ विकेट गुमाउन पुग्यो । मलेसियामा जारी डिभिजन ३ को फाइनलमा पुगेका नेपाल र युगान्डा डिभिजन २ मा बढुवा भइसकेका छन्।दिउसो पानी पर्ने सम्भावना भएपछि  क्वालालम्पुरस्थित किनरारा एकेडेमी ‌ओभल क्रिकेट मैदानमा खेल निर्धारित समयभन्दा ४५ मिनेट चाँडो सुरु भएको हो।

लाइभ स्कोर थाहापाउन यहाँ क्लि गर्नुहोस

बुधवार मलेसियालाई हराउँदै २ मा बढुवा भएको नेपाल उपाधि जितेर फर्किन चाहान्छ । टोली फाइनललाई उत्साहित छ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसिसी को प्रथम श्रेणीको मान्यता पाएको अन्तरमहोदशीय कप र २०१९ को विश्वकपको छनोट प्रतियोगिताका लागि डिभिजन ३ प्रवेशद्वार हो, जसलाई पार गर्न नेपाली टोली सफल भएको छ। डिभिजन २ जनवरीमा नामिबियामा हुँदैछ जहाँ नेपाल र युगान्डाले नामिबिया, केन्या, नेदरल्यान्ड्स र क्यानडासँग प्रतिस्पर्धा गर्नेछन्।

झन्डै डेढ वर्ष अन्तरमा नेपालले डिभिजन ३ को फाइनलमा फेरि पनि युगान्डाको सामना गर्नै अवर पाएको हो। अघिल्लो संस्करणको लिग चरणमा पराजित भएपछि नेपालले फाइनलमा बदला लिँदै डिभिजन ३ च्याम्पियन बनेको थियो। यसपटक पनि लिग चरणको हारको बदला फाइनल लिने अवसर नेपालसामु छ।


  •  
  •  
  •