नेपाल अमेरिकाबीचको बर्षाले खेल अवरुद्ध

158
  •  
  •  
  •  

काठमाडौं ११ कात्तिक (ओएनएस) :  आइसिसी विश्व क्रिकेट डिभिजन तीनअन्तर्गत अहिले नेपाल र अमेरिकाबीचको खेल चलिरहँदा पानी परेपछि केहीबेर रोकिएको छ । तर, पानी पर्न रोकिएको छैन ।

मलेसियाको क्वालालम्पुरस्थित किनरारा एकेडेमी ओभल मैदानमा टस जितेर ब्याटिङ गरेको अमेरिकाले नेपाललाई २ सय २४ रनको लक्ष्य प्रस्तुत गरेको छ। जवाफि ब्याटिङ गरिरहेको नेपालले २२ ‌ओभरको खेल सकिँदा १ विकेट गुमाउँदै ७३ रन जोडेको छ। त्यसपछि पानी परेपछि रोकिएको हो ।

यदी पानी परिरहेर खेल हुन नसके नेपालले जित्ने अवस्था रहेको छ । डर्कवर्थ लुइस नियमका अनुसार नेपाल अहिले १० रनले अगाडि छ । खेल नहुँदा पनि नेपालले २२ ओभर खेलिसकेका कारण डर्कवर्थ लुइसका आधारमा निर्णय हुनेछ । डर्कवर्थ लुइस नियम लगाउनका लागि २० ओभर खेल्नु पर्ने हुन्छ ।


  •  
  •  
  •