नेपाल हारको बदला लिने तयारीमा

408
  •  
  •  
  •  

काठमाडौं १० माघ (ओएनएस) :  आइसीसी विश्व क्रिकेट लिग डिभिजन–१ मा पुग्न असफल नेपालले आज फेरि केन्यासँग नै खेल्दैछ । आज हिजोको हारको बदला लिने तयारमिा छ । नामिबियामा जारी डिभिजन–२ क्रिकेटमा तेस्रो स्थानका लागि आज केन्यासँग खेल्न लागेको हो । नेपाली समयअनुसार दिउँसो सवा १ बजेदेखि खेल सुरु हुनेछ ।

केन्यासँग शुक्रबार ५ विकेटले पराजित भएपछि रनरेटमा नेदरल्यान्ड्ससँग शून्य दशमलव दुई ६ को झिनो अन्तरले पछि पर्दै नेपाल डिभिजन–१ मा पुग्नबाट चुकेको थियो ।

उपकप्तान ज्ञानेन्द्र मल्लले यो श्रेणीको क्रिकेटमा सर्वाधिक रन बनाउने नेपाली बन्नेक्रममा अविजित रहँदै ९१ रन जोडे पनि त्यसले पराजय टार्न सकेन । नेपालले आजको खेलमा उत्कृष्ट प्रदर्शन गर्दै तेस्रो स्थान ओगट्ने विश्वास लिइएको छ । नेपाल डिभिजन–२ मा भने यथावत रहने छ ।

आजै उपाधिका लागि डिभिजन–१ मा पुगेका नामिबिया र नेदरल्यान्ड्स भिड्दा पाँचौं स्थानका लागि डिभिजन–३ मा झरेका क्यानडा र युगान्डा खेल्दैछन् ।


  •  
  •  
  •