युगाण्डासँग नेपाल २० .रनले पराजित

158
  •  
  •  
  •  

काठमाडौं, ६ कात्तिक (ओएनएस) :आइसिसी वर्ल्ड क्रिकेट लिग डिभिजन थ्रीको पहिलो खेलामा नेपाल पराजित भएको छ । नेपाल युगाण्डासँग २० रनले पराजित भएको हो । २ सय ४ रनको लक्ष्य पछ्याउँदै व्याटिङ गरेको नेपालले ४८ ओभर ५ बलमा सबै विकेट गुमार १ सय ८३ रन मात्र बनाउन सक्यो ।
नेपालका लागि नरेश बुढाएरले ६२ रनको योगदान दिएपनि हार टार्न सकेनन् । यस्तै नेपालका लागि सागर पुन, शरद भेषवाकर र सुवास खकुरेलले समान २२ रन बनाए भने कप्तान पारस खड्का र ज्ञानेन्द्र मल्लले समान १४ रन बनाए । यस्तै मेहबुब आलमले ४ तथा बसन्त रेग्मीले १० रन बनाए ।
यसअघि टस हारेर पहिलो व्याटिङ गरेको युगाण्डाले पुरै ओभर खेल्दै ८ विकेटको क्षेतिमा २ सय ३ रन बनायो । नेपालका कप्तान पारस खड्काले ३, सोमपाल कामी र बसन्त रेग्मीले २–२ र सागर पुनले १ विकेट लिएका छन् । डिभिजन ३ का शीर्ष २ टिम डिभिजन टुमा बढुवा हुनेछन् ।


  •  
  •  
  •