पहिलो ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलमा नेपाल पराजित

561
  •  
  •  
  •  

काठमाडौं १६ असार (ओएनएस) : पहिलो ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलमा नेपाल पराजित भएको छ । नेदरल्याण्ड्स भ्रमणमा रहेको नेपाली क्रिकेट टोली पहिलो टी–२० मा घरेलु टोलीसँग १८ रने पराजित भएको हो । यससँगैं डच टोलीले ४ खेलको शृंखलामा अग्रता लिएको छ ।

नेदरल्याण्ड्सको आम्सटालभिनमा टस जितेर पहिले ब्याटिङ्ग रोजेको घरेलु टोलीले जितका लागि दिएको १ सय ३५ रनको लक्ष्य पछ्याएको नेपाल ७ विकेट गुमाउँदै ११६ रनमा समेटिएको हो

कप्तान पारस खड्काले नटआउट ४५ रन बनाए पनि नेपालले ७ विकेट गुमाई १ सय १६ रनमात्र बनाउन सक्यो । अन्य नेपाली ब्याट्म्यान जम्न नसक्दा नेपाल पराजित भयो ।

नेपालका लागि ज्ञानेन्द्र मल्ले २४, राजेश पुलामीले १३ र शरद भेसवाकरले १० रन जोडे । नेपालका अन्य खेलाडीले दोहोरो स्कोर छुन सकेनन् । नेपलाई हराउने क्रममा असन मलिकले ३ र टिम भानडेर गुटेनले २ रन लिए ।

नेपालले नेदरल्याण्डसँग ४ वटा खेल खेल्ने छ ।


  •  
  •  
  •