भारत पाकिस्तान भिडन्त खेल मैदानमा देखिदै(लाइभ)

142
  •  
  •  
  •  

काठमाडौं,  ३ फागुन (एजेन्सी) : विश्वकप क्रिकेटमा दुई छिमेकी देश भारत र पाकिस्तानबीचको खेल सुरु भएको छ । राजनीतिक मैदानदेखि युद्दको मैदानसम्म भिँडिरहेका भारत पाकिस्तान आज खेल मैदानमा उत्रिएका छन् ।

दुइटै टोली एक अर्कालाई हराउने दाउमा लागेका छन् ।

लाइभ हेर्न

भारत पाकिस्तान मात्रै होइन विश्वभरीका क्रेकेटप्रेमीले चासो दिएर हेरिरहेका छन् । दर्शकहरुमा यस्तो उत्साह देखिएपनि दुबै देशले विश्वकप अघि भएका आफ्ना अभ्यास खेलमा भने हार भोगेका थिए । पाकिस्तानलाई आफ्ना गतिला खेलाडी चोटका कारण गुमाउनुपर्दा अर्को धक्का लागेको छ ।

महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको भारतीय टिमले अस्ट्रेलियामा त्रिकोणीय सिरिजमा एउटै खेल जित्न सकेन । त्यसैगरी पाकिस्तानले पनि न्युजिल्यान्डविरुद्दको दुबै वान डे मा हार भोग्यो ।

यी दुई देशबीच राजनीति र युद्दमा जस्तै अर्को लडाइँ क्रिकेटको मैदानमा हुने गरेको छ। यी दुई देशबीचको क्रिकेट भिडन्तले विश्वकै ध्यान तान्ने गरेको छ ।

India v Pakistan - 2015 ICC Cricket World Cupयो भिडन्तमा भारतीय टिमका अधिकांश सदस्य कम अनुभवी रहेका छन् । भारतले सचिन तेन्दुलकर विना पहिलो पटक विश्वकप खेल्दैछ । कप्तान धोनीसहित विराट कोहली, सुरेश रैना र आर अश्विनसँग पनि विश्वकपमा कम खेलेको अनुभव छ ।


  •  
  •  
  •