यू–१९ विश्वकपको एशिया छनोटमा नेपाल पराजित

147
  •  
  •  
  •  

काठमाडौं, ३० चैत(ओएनएस) : आइसीसी यू–१९ विश्वकपको एशिया छनोट अन्तर्गत शनिबारको खेलमा नेपाल एक रनले पराजित भएको छ । खेलमा नेपालले युएईसँग डकवर्थ एण्ड लुइसको नियमका आधारमा नेपाल एक रनले हारेको हो ।
किनरारा ओभल मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा २ सय ४७ रन बनाएको थियो । नेपालले सुरुवात राम्रो गर्न सकेन ।

२२ रन हुँदा नेपालका ओपनर पवन सराफ ब्यक्तिगत १२ रनमा आउट भएका थिए ।
त्यसपछि दोस्रो विकेटका लागि रित गौतम र आसिफ शेखले ४७ रनको साझेदारी गर्दै सम्हाल्ने प्रयास गरेका थिए । तर आसिफ २७ रनमा आउट भएपछि नेपालले ६९ रनमा दोस्रो विकेट गुमायो ।

त्यसपछि कप्तान रोहितकुमार पौडेल पनि ब्यक्तिगत १८ रनमा पेभेलियन फर्किदा नेपालले स्कोरबोर्डमा ९७ रन बनाएको थियो ।
नेपालले अरु १८ रन जोड्दा थप दुई विकेट गुमायो । जसका कारण नेपालले एक सय १५ मा ५ विकेट खेर फाल्यो । सन्दिप जोरा मात्र चार रनमा आउट भए भने रित गौतम ४४ रनमा पेभेलियन फर्किए ।

छैटौ विकेटका लागि डेब्यु गरेको हरी चौहान र भिम शार्कीले ९२ रनको साझेदारी गर्दै टिमलाई बलियो स्थितीमा पुर्याएका थिए ।

तर भिम ५३ रनमा आउट हुन पुगे । उनले ५४ बलमा चार चौका र दुई छक्का प्रहार गरेका थिए । तर यी दुई खेलाडीको साझेदारी टुटेपछि नेपालका पारी एका एक कमजोर बन्यो । नेपालले दुई सय २४ रन बनाउदा नौ विकेट गुमायो । पुछारका खेलाडी कुशल मल्ल र रासिद खान एक एक रनमा आउट भए भने कमलसिंह ऐरीले मात्र दुई रन बनाए । नेपालका लागि आज डेब्यु गरेका हरी चौहानले अर्धसतक बनाए । उनले अविजीत ६७ रनको पारी खेले । बलिङमा युएईका रिसव मुखर्जीले चार विकेट लिए ।

नेपालले दिएको दुई सय ४८ रनको लक्ष्य पक्ष्याएको युएइको स्कोर एक सय २२ रनमा तीन विकेटको अवस्थामा भारी बर्षा भएको थियो । जसका कारण खेल सम्भव हुन सकेन । त्यसअघि युएईल ५ रन हुँदा हुदा पहिलो विकेट गुमाएको थियो भने २१ रन हुँदा दोस्रो विकेट झर्यो । तेस्रो विकेटका लागि कप्तान अन्स तन्डोन र भ्रित्या अरविन्दले दरिलो साझेदारी गर्दा नेपाललाई राम्रो चुनौती पस्किएका थिए ।

टिम दबावमा रहेका बेला यी दुई खेलाडीले सतकिय साझेदारी गर्दै टिमको पारी राम्रोसँग सम्हालेका थिए ।
जसमा कप्तान अरविन्दले अर्धसतक प्रहार गरे । तर युएईको स्कोर एक सय २२ रन हुँदा नेपालले यो साझेदारी तोड्न सफल भयो । उसका अन्स टण्डनलाई सागर ढकालले ५४ रनमा आउट गरे । त्यसपछि वर्षाभएपछि खेल डीएल मेथोडबाट नतिजा निकालिएको थियो । जसमा नेपाल एक रनले पराजित भयो ।


  •  
  •  
  •