एनसीएल महिला टी–ट्वान्टी क्रिकेट लिग : खेलाडी खरिद बिक्री आज हुँदै

440
  •  
  •  
  •  

काठमाडौं, १६ चैत(ओएनएस) : महिला फ्रेन्चाईज लिग एनसीएल महिला टी–ट्वान्टी क्रिकेट लिगको खेलाडी खरिद बिक्री अर्थात अक्सन आज हुँदैछ ।

पहिलो पटक हुन लागेको महिला फ्रेन्चाईजमा ८० खेलाडीले नाम दर्ता गरेका छन् ।  अक्सनमा पछिल्लो दुई वर्षयता राष्ट्रिय टिममा स्थान बनाएका खेलाडीलाई पहिलो र दुई वर्षयता टिम बाहिर रहेका खेलाडीलाई दोस्रो श्रेणीमा राखिएको छ ।

त्यस्तै क्षेत्रीय एवं जिल्ला स्तरीय र क्लब स्तरका खेलाडीलाई तेस्रो अथवा सी श्रेणीमा समावेश गरिएको छ । पहिलो श्रेणीको न्यूनतम मुल्य ४० देखि अधिकतम ७५ हजार, दोस्रोको २५ देखि ५० हजार र तेस्रो श्रेणीका खेलाडीको १५ देखि २५ हजार मुल्य कायम गरिएको छ ।

प्रतियोगितामा भैरहवा क्विन्स, विराटनगर रोअरिङ लायन्स, काठमाडौं सुपर च्याम्पियन, धनगढी वन्डर वुमनले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिता विराटनगरमा आगामी वैशाख ७ देखि १४ गतेसम्म सञ्चालन हुनेछ ।


  •  
  •  
  •