श्रीलंकका तीव्र गतिका बलर मदुसंलाई क्रिकेट खेल्न प्रतिबन्ध

94
  •  
  •  
  •  

एजेन्सी । श्रीलंकका तीव्र गतिका बलर सेहान मदुसंलाई क्रिकेट खेल्न प्रतिबन्ध लागेको छ । उनी आइतबार श्रीलंकाको पन्नालामा ड्रग्स केसमा पक्राउ परेका थिए । मदुसंकालाई सोमबार हिरासतमा लिएको थियो ।

२५ वर्षीय तीव्र गतिका बलर मदुसंकालाई देशमा लागु गरिएको लकडाउनको उलङ्घन गर्दै कार चलाइरहेका बेला पुलिसले रोकेको थियो । सोही समय उनलाई दुई ग्राम ड्रग्ससहित पक्राउ गरेको पुलिसले जनाएको छ ।

मदुसंकाले २७ जनवरी २०१८ मा ढाकामा बंगलादेशविरुद्ध खेल्दै एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गरेका थिए । डेब्यु खेलमा नै उत्कृष्ट प्रदर्शन गर्दै उनले ह्याट्रिक लिएका थिए । उक्त खेल श्रीलंका ७९ रनले विजयी भएको थियो ।


  •  
  •  
  •