आठ सभासदमा आफ्ना मान्छे नपरेको भन्दै एमालेमा विवाद

66
  •  
  •  
  •  

काठमाडौं, १६ भदौ (ओएनएस) : पार्टीको भागमा परेका ८ सभासद नियुक्तीको विषयलाई लिएर एमालेभित्र विवाद चुलिएको छ । अध्यक्ष केपी ओलीले एक लैटी निर्णय गरेको भन्दै नेता माधव नेपाल पक्षधर र उपाध्यक्ष बामदेव गौतमपक्षले चर्को विरोध गरेको छन् ।

अध्यक्षकोसमेत जिम्मेवारी सम्हालेका उपाध्यक्ष वामदेव गौतमले सोमवार मात्रै दुई पदाधिकारीको बैठक बोलाएका थिए । सोमवार विहान बसेको पदाधिकारीको बैठकमा नेता माधव नेपाललाई आमन्त्रित सदस्यका रुपमा बोलाइएको थियो ।

बैठकमा नेता निकै आक्रामक रुपमा प्रस्तुत भएका थिए । नेपाल पक्षीय नेताहरुले आफूलाई पेलेर जान खोजेको भए आफूहरु त्यसको सामना गर्न तयार रहेको चेतावनी दिएका थिए । एक नेताका अनुसार पार्टीकातर्फका नियुक्त गरिएका सभासदप्रति उपाध्यक्ष वामदेव गौतमपक्षले समेत असन्तुष्टि जनाएका छन् । तर, अध्यक्षको समेत कार्यभार सम्हालेका कारण गौतमले आफ्नो असन्तुष्टि बाहिर देखाएका छैनन् ।

अध्यक्ष ओली भने अहिले उपचारकोलागि भारतको नयाँ दिल्दीमा उपचाररत छन् ।  नेपाल पक्षले आफूले सिफारिस गरेका कुनै पनि नाम ८ जनामा नपरेपछि ओलीपक्षको चर्को विरोध गर्दै आएको छ ।


  •  
  •  
  •