काठमाडौं, ८ भदौ (ओएनएस) : एकीकृत माओवादी पार्टीका नेता अग्नि प्रसाद सापकोटाले चार बुँदे सहमती कार्यन्वयन नभए काँग्रेस एमालेसंगै वार्ताको टेबलमै नबस्ने चेतावनी दिएका छन् ।
रिपोर्टर्स क्लबले आईतवार आयोजना गरेको साक्षात्कार कार्यक्रममा सापकोटाले विगतमा काँग्रेस–एमालेसंग भएका ४ बुँदे सहमती तत्काल कार्यन्वयन नगरे आफ्नो पार्टी कुनै पनि वार्ता र छलफलमा नबस्ने चेतावनी दिएका छन् । उनले सहमती कार्यन्वयन नगरेर काँग्रेस र एमालेले संविधान नबनाउने बखेडा झिकेको पनि आरोप लगाएका छन् ।
सापकोटाले नयाँ जनादेश पाएपछि काँग्रेस र एमाले पछाडी फर्केको आरोप लगाउँदै विगतमा भएको चार बुँदे सहमती कार्यन्वयन नभए आफूहरु वार्तामा नबस्ने उद्घोष गरेका छन् । सापकोटाले भने–सत्यनिरुपण तथा मेलमिलाप आयोग बनाउने जस्ता कुराहरुमा पनि काँग्रेस एमालेले आलटाल गरिहरेका छन् । अनि कहाँबाट माघ गतेभित्रै संविधान जारी हून्छ ?’
उनले माघ ८ गतेभित्रै संविधान जारी गर्न पनि उच्च स्तरीय राजनीतिक समितिको आवाश्यकत्ता भएको भन्दै विगतमा भएको चार बुँदे सहमती कार्यन्वयन नगरेर काँग्रेस र एमालले जनतालाई संविधान नदिने खेल खेलेको आरोप लगाएका छन् । सापकोटाले भने–यदि काँग्रेस–एमाले हाम्रो माँगवारे जिम्मेवार भएनन् भने हामी शक्तिशाली जनमत सिर्जना गर्छौ ।’
सापकोटाले सरकार अराजकता तर्फ उन्मुख भएको आरोप समेत लगाएका छन् । उनले भने–देशम यत्रो बाढीपीडितहरु राहत तथा पूर्नस्थापनाका लागि छट्पटाईरहेका छन् तर सरकार कानमा तेल हालेर बसेको छ । जनताको रोधन र क्रन्दन सरकारले सुन्दैन् ।’