आक्रमक प्रचार गर्दै एमाले

121
  •  
  •  
  •  

काठमाडौ, २३ जेठ (ओएनएस) : संविधानसभाको उप निर्वाचन नजिकिदै जाँदा काठमाडौ क्षेत्र नं २ मा नेकपा एमालेल प्रचारप्रसारलाई आक्रमक बनउँदै लगेको छ । उम्मेरवा कृष्णगोपाल श्रेष्ठसहितको टोलीले शनिबार काठमाडौं महानगरपालिका वडा नम्बर ३५ मा प्रचारात्मक कार्यक्रम गरेको छ ।

घर दैलो अभियानको दोस्रो दिन शनिबार उम्मेदवार कृष्णगोपाल श्रेष्ठले मतदातासँगको भेटघाटलाई निरन्तरता दिए । शनिवार दिनभर उनी कामनपा ३५ अन्तर्गतका विभिन्न ठाउँमा सक्रिय भए । सूर्यकोटबाट शुरु भएको घर दैलो कार्यक्रम, सरस्वतीनगर, नरेफाँट, पेप्सीकोला महादेव स्थान र सुविधानगर लगायतका ठाउँमा गरिएको थियो । घर दैलोमा उम्मेदवार श्रेष्ठसहित कार्यकर्ताको जुलुशै निस्कको थियो ।

भेलाको क्रममा ठाउँ ठाउँमा कोणसभा समत गरिएको थियो । सरस्वतीनगरको कोण सभामा सम्बोधन गर्दै उम्मेदवार तथा एमाले केन्द्रीय सदस्य श्रेष्ठले ‘चुनाव सबै पार्टीको लागि अग्निकुण्ड सरह’ हुने बताए । ‘यो उप चुनावलाई पनि मैले अग्नि कुण्ड नै ठानेको छु’ उनले भने, ‘यो अग्निमा पार्टीले कृष्णगोपाल जा, हामफाल भन्यो, मैले पार्टीको सिपाही भएको नाताले मैले हाम फाले ।’


  •  
  •  
  •  

Comments are closed.