दाँत झरेकाबाट एमाले चल्दैन : नेता नेपाल

152
  •  
  •  
  •  

उदयपुर, १ असार (ओएनएस) । नेकपा एमालेका वरिष्ठ नेता माधबकुमार नेपालले बुढा र दाँत झरेका नेताबाट पार्टी चल्न नसक्ने बताएका छन् । नवौं महाधिवेशनलाई लक्षित गरी कार्यकर्तासँग भेटघाट गर्न शनीबार साँझ उदयपुरको सदरमुकाम गाईघाट आइपुगेका नेता नेपालले प्रेस चौतारी नेपाल उदयपुरले आइतबार बिहान आयोजन गरेको पत्रकार भेटघाटकाक्रममा यस्तो बताएका हुन ।
अध्यक्षका अर्का प्रत्यासी केपीशर्मा ओलीलाई संकेत गर्दै नेता नेपालले भने, देश संकटपुर्ण अवस्थाबाट गुज्रिएकाले उमेरले मभन्दा बुढो, दाँत झरेका, बिचार विहिन, गुटमात्र चलाउन सक्ने हैसियत बोकेकाबाट अवको एमाले नेतृत्व कुनै हालतमा चल्न सकदैन । ‘ओली समुहले राखेको प्रस्तावअनुसार पुराना नेता हटनु पर्छ भने मभन्दा पुराना नेता हटौं, नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गरौं,’ त्यसअघि उनले थपे, ‘अबको नेतृत्वमा उमेरले मभन्दा जेठो नयाँ र युवा पुस्ता हुन सक्दैन ।’
‘२०२६ साल यताका एक सय फरक क्षमता भएका युवा नेताहरुको जमात पार्टी भित्र रहेकाले नेतृत्व नै हस्तान्तरण गर्ने हो भने सुरेन्द्र पाण्डे, घनश्याम भुसाल लगायत नेतालाई दिन किन नसक्ने ?’ नेपालले प्रश्न गरे । उनले यदि युवा पुस्तालाई नेतृत्व दिन नसक्ने हो भने देखिएका मध्ये सबैभन्दा कम उमेरको नेता आफु भएकाले नेतृत्व आफुले पाउनु पर्ने अडान दोहोर्याए ।
नेपालले आफुलाई जनताको वहुदलिय जनवादको हिमायती ठान्नेहरु प्रतिस्पर्धाबाट भागेर खुट्टा कमाएकोसमेत आरोप लगाए । हरेस खानेलाई राजनीति नगर्न सुझाब दिँदै नेता नेपालले, अरुले बोकेको मान्छेभन्दा सुख दु ःख, राम्रा अप्ठयारासँग घुलमेल गर्न सक्ने मान्छेले मात्रै पार्टीको नेतृत्व गर्न सक्ने तर्क गरे ।
झण्डै ४५ मिनेट पत्रकारसँग साक्षात्कार गरेका नेता नेपालले घुमाउरो भाषामा पार्टीको नेतृत्व गर्न आफूमात्रै सक्षम र योग्य भएको दावी गरे । उनले नवौँ महाधिवेशनमा विशेषगरी चार वटा प्रस्तावहरु नीति, राष्ट्रिय पुँजीको बिकास, जनताको वहुदलिय जनवाद र कस्तो पार्टी बनाउने भन्ने सन्र्दभमा वहस गर्नु पर्ने तर्क गरे । पछिल्लो समयमा एमाले भित्र नीतिभन्दा पनि को नेता बन्ने र कसले बढि गुट चलाउने भन्ने सन्र्दभमा बढि छलफल र भेला हुने गरेको प्रति नेता नेपालले असन्तुष्ट व्यक्त गरे ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालले फरक प्रशंगमा शुशिल कोईराला नेतृत्व सरकारको कामकारवाही सन्तोषजनक नभएको टिप्पणी गरे । उनले वर्तमान सरकार पद्धती बसाल्नेभन्दा पनि कसरी आफ्ना मान्छे भर्ती गर्ने भन्ने बिषयमा मात्र उद्धत रहेको बताए ।
समय र अवसर जुटदा पनि प्रधानमन्त्री कोईरालाले सरकार चलाउनुको साटो खर्च नभएका शिर्षकको रकम रकमान्तर गर्दै आफ्नो पार्टी र कार्यकर्ताको पोसेको आरोप लगाए । नेता नेपालले माघ ८ गते जुनसुकै हालतमा पनि संबिधान जारी हुने दावि गरे । त्यसका लागि एमाओबादी लगायतका सानादलहरु लचिलो बन्दै गएको तर्क गरे ।


  •  
  •  
  •